गण्डकीका मुख्यमन्त्री गुरुङलाई संक्रमण पुष्टि



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहान संक्रामक तथा सरुवा रोग अस्पतालमा गरिएको गुरुङको एन्टिजेन परीक्षण पोजिटिभ देखिएको बताइएको छ । उहाँ मंगलबार सर्वदलीय बैठकमा सहभागी हुनुभएको थियो ।

बैठकबाट फर्किएलगत्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँले परीक्षण गराउनुभएको थियो ।

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार  १० : २६ बजे