प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी समितिको आकस्मिक बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

बैठकमा आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुन लागेको छ ।

एमालेको माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेपछी उनिहरुलाई थप कारबाहिको सम्भाबना पनि रहेको बताइएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०७८ बिहिबार  ५ : २० बजे