पछिल्लो समय दिनहुँ संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम हुन थालेको छ ।
धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएपनी सङ्क्रमितको संख्या भने झन बढ्दै गएको छ ।
यसै बिच पछिल्लो २४ घण्टामा देशमा ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
२१ हजार १ सय ४२ को नमुना परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन ।
यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ।
यो संख्या एकैदिन भेटिको अहिलेसम्मको धेरै भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन ।
पछिल्लो २४ घण्टामै २७०७ जना संक्रमणमुक्त भएका छन् ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी उपत्यकामा ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।










