राष्ट्रियसभा उपनिर्बाचन : रामबहादुर थापा र खिमलाल देवकोटाले गराए उम्मेदवारी दर्ता



राष्ट्रियसभाको उपनिर्वाचनका लागि नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उम्मेदार तय गरेपछी गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

थापा उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थिए ।

बादलका प्रतिस्पर्धी डा ।खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

देबकोटाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल समूह जनता समाज पार्टीका तर्फबाट उम्मेद्वारी दर्ता गराएका हुन ।

वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ ।

प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार  ७ : ३८ बजे