शुक्रबार ९१९६ जना सङ्क्रमित थपिए



पछिल्लो २४ घण्टामा देशमा ९१९६ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा नयाँ सङ्क्रमित थपिएका हुन ।

योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै गत २४ घण्टामै थप ५० जनाले ज्यान गुमाएका छन ।

यससगै हालसम्म ३५ सय ७९ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन ।

यही अवधिमा २ हजार ९०५ जना निको भएका छन् ।

यससगै नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार  ११ : ३४ बजे