यी हुन् राजीनामा दिन तयार माधब नेपाल पक्षका सांसदहरु (सुचीसहित)



पछिल्लो समय देशको राजनितिले नयाँ मोड लिन थालेको छ ।अहिले सम्मका राजनितिक घटनाक्रमहरुलाई केलाउदा अब प्रधानमन्त्री ओलिले सत्ता छोड्नुपर्ने सम्भाबना देखिएको छ ।प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मत लिने तयारी गरे पनि उनले बिश्वासको मत पाउने सम्भाबना अब टरेर गएको छ ।

सत्तामा पुगेदेखिनै पार्टी भित्रको आन्तरिक सत्ताको लडाइमा अल्मलिएको सत्तारुढ दल्को घर झगडा अन्तिममा आफ्नै पार्टिका प्रधानमन्त्रीलाई असफल बनाउन सांसद पदबाट राजिनामा दिने अवस्थामा आइपुगेको छ ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा लिन लागेको विश्वासको मत असफल बनाउन र नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न नेकपा एमालेको खनाल-नेपाल समूहका सांसदले राजीनामा दिने तयारी थालेका छन्।समानुपातिकतर्फका सांसदले राजीनामा दिदा प्रधानमन्त्रीले पुन अरुलाई नियुक्त गर्न सक्ने भएकाले प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने तयारि थालेका हुन ।

माधब नेपाल समुहको आजै बस्ने स्थायी समितिको बैठकले निर्णय गरेर सभामुखलाई राजिनामा बुझाउने तयारी रहेको बुझिएको छ ।प्रत्यक्ष निर्वाचित सांसदहरुले राजिनामाको तयारी गरिरहदाखनाल-नेपाल समूहका समानुपातिकतर्फका सांसदहरूले राजीनामा दिनु पर्ने अवस्था आए आफूहरूले पनि दिने बताएका छन्।

नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु

१ झलनाथ खनाल, इलाम १

२ माधवकुमार नेपाल, काठमाडौं २

३ योगेश भट्टराई, ताप्लेजुङ

४ जयकुमार राई,सुनसरी १

५ भवानी खापुङ,तेह्रथुम

६ यज्ञराज सुनुवार, ओखलढुंगा

७ गणेश पहाडी, सिन्धुली १

८ पवित्रा निरौला खरेल, झापा २

९ जीवनराम श्रेष्ठ,काठमाडौं ८

१०नारायण खतिवडा, नुवाकोट १

११ विरोध खतिवडा,मकवानपुर २

१२ सुरेन्द्र पाण्डे,चितवन १

१३ घनश्याम भुसाल,रुपन्देही ३

१४ गोकर्ण विष्ट,गुल्मी १

१५ मेटमणी चौधरी,दाङ १

१६ हिराचन्द्र केसी, दाङ ३

१७।दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

१८ राजवहादुर बुढा,दैलेख २

१९ झपट रावल, कैलाली २

२० भीम रावल, अछाम १

२१ कृष्णलाल महर्जन, ललितपुर २

२२ सोमप्रसाद पाण्डे, पाल्पा खनाल

नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु

१ रामकुमारी झाँक्री, गुल्मी

२  बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

३  मुकुन्द न्यौपाने, काठमाडौं

४  कल्याणीकुमारी खड्का, रौतहट

५  लक्ष्मीकुमारी चौधरी, कैलाली

६  गंगा चौधरी सत्गौवा, दाङ

७  निरादेवी जैरु, डडेलधुरा

८  समिना हुसेन, रौतहट

९  पुष्पाकुमारी कर्ण यादव, पर्सा

१०  सरलाकुमारी यादव, रौतहट

११  कालिला खान, तनहुँ

प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार  ४ : १९ बजे