लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिको सिफारिस गर्दै संवैधानिक परिषद् बैठक सम्पन्न भएको छ ।
कुन-कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण आउन बाँकी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन्।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए ।








