एसईई र  कक्षा १२ को परीक्षा स्थगित



एसईई र  कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा २६ गतेबाट गर्ने तयारी थियो । बोर्डका अनुसार अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको छ ।

परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार अहिले स्थगित गर्ने र पछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार  ५ : २३ बजे