काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म लम्ब्याइएको छ ।
आज (मंगलबार) बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञालाई थप कडाइ गर्दै अवधी थप गर्ने निर्णय भएको बताइएको छ ।








