माधवलाई फकाउन ओलीले बोलाए एमाले बैठक



काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्री ओलीले असन्तुष्ट नेपाल खनाल पक्षका सांसदहरुको राजीनामा रोक्न अन्तिम प्रयास कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

नेता सुवास नेम्वाङका अनुसार बैठक बालुवाटारमा सुरु भएको एजेन्डाबारे त्यही छलफल हुने भएपनि केही महत्वपुर्ण निर्णय हुनसक्ने बताए ।

यता ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेल नेता आज बिहानै माधव नेपालसँग छलफल गर्न नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेर पौडेलले राजीनामा नदिन आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहिबार  ३ : ५२ बजे