सभापती देउबाले बोलाए पदाधिकारी बैठक



नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक बोलाएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको भेटवार्ता पछि देउवाले चार बजेका लागि पदाधिकारीसहित पूर्व पदाधिकारी बैठक बोलाएका हुन्।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले ४ बजेका लागि पदाधिकारी बैठक डाकिएको जानकारी दिए। केही बेरअघि भएको जसपा अध्यक्ष ठाकुर र महतोसँगको भेटपछि प्रतिपक्षमा रहेका दलहरू एक भएर सरकार बनाउने सम्भावना बढेको बताइन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ ९२० अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई समय दिएकी छन्।पदाधिकारी बैठकपछि राष्ट्रपति समक्ष सरकारको नेतृत्वका लागि देउवाले दाबी पेस गर्न जाने तयारी भएको काँग्रेस उच्च स्रोतले जनाएको छ।सत्तारुढ एमालेमा माधव नेपाल समूहलाई फकाउने प्रयास अध्यक्ष केपी ओलीले सुरु गरेपछि राजनीतिको कोर्स बदलिने सम्भावना बढ्दै गएको हो।

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहिबार  ८ : ५८ बजे