काँग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले अहिले अरु कुरा छोडेर नागरिकको जिबन रक्षाका लागी लड्नुपर्ने बताएका छन ।पछिल्लो समय कोरोना महामारिका कारण आम नागरिकलाई ज्यान जोगाउन मुश्किल परिरहेको अवस्थामा सरकार र सत्तारुढ पार्टिको भुकिका कुर्सी जोगाउनेमा मात्रै केन्दृत भएकोप्रती सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रीया दिदै नेता पौडेलले यस्तो बताएका हुन ।
पछिल्लो समयको स्वास्थ्य सङ्कटप्रती लक्षित गर्दै पौडेलले भनेका छन ” काे-कसको क्षमता कति छ हिसाब गर्दै गरौला ।अहिले जीवनका लागि लडौ । नागरिकको जीवन भन्दा ठूलो संसदकाे गणित होईन ।”
नभएको इज्जत जोगाउन यथार्थ छल्ने ओली शैलीले कही पुर्याउँदैन भन्दै उनले देशको यथार्थलाई स्विकारेर अन्तराष्ट्रिय सहयोगको लागी अनुरोध गर्न पनि आग्रह गरेका छन ।पौडेलले कोरोना विश्वको साझा लडाई भएको पनि उल्लेख गरेका छन ।








