अहिलेको विकराल स्वास्थ्य सङ्कटबाट नेपालालाइ जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई बरीष्ठ नेता पौडेलको आग्रह



कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय तिब्र रुपमा फिलिरहेको कोरोना माहामारिलाईइ देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन् ।

बरीष्ठ नेता पौडेलले आज सामाजिक सञ्जालमार्फत एक सन्देश ब्यक्त गर्दै मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन।पौडेलले अहिले देशको अवस्था विकराल बन्दै ग इ रहेको भन्दै अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या बढेको भन्दै चिन्ता प्रकट गरेका छन ।उनले सबैलाई सचेत रहना पनि आग्रह गरेका छन ।

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहिबार  ९ : ३४ बजे