बिहिबार देशमा ८९६० जनामा संक्रमण पुष्टि, २१४ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टी भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ

तेस्तै पछिल्लो २४ घण्टामै कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाले ज्यान गुमाएका छन ।

यससगै हालसम्म ज्यान गुमाउनेको कुल संख्या ४४६६ जना रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तेस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहिबार  १२ : ०८ बजे