मेरो उम्मेदवारी कायम रहन्छ : खिमलाल देवकोटा



नेकपा एमाले भित्रको अन्तरसघर्ष केही हदसम्म सल्टिएपछि आसन्न राष्ट्रियसभाको उपनिर्वाचन तीर धेरैको चासो बढेको छ । बिपक्षीदल तथा एमाले नेपाल– खनाल समूहको समर्थनमा समेत उम्मेदवार बन्नु भएका डा. खिमलाल देवकोटाको उम्मेदवारीलाई लिएर बिभिन्न आशंकाहरु भई रहेका बेला देवकोटाले आफ्नो उम्मेदवारीमा पुर्नविचार नगर्ने स्पष्ट पारेका छन । ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै देबकोटाले नेपाली काँग्रस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय भएको बताएका छन । ।

 

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  ७ : २१ बजे