बहुमतको सरकार बनाउन असफल भएपछी प्रतिपक्षी दलहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर छलफल गरेका छन ।
छलफलामा माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको थियो ।
नेताहरुबिचको शुक्रबारको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि फेरि सहकार्य जारी राख्ने निश्कर्ष निकालेको एक नेताले बताए ।
विदेशी चलखेलको कारणले ओलिको बिपक्षमा बहुमत पुर्याउन नसकेको निष्कर्ष बैठकले निकालेको पनि ति नेताले बताए ।








