शुक्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि , २०३ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशम ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ ।

२१४७८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २०३ जनाले ज्यान गुमाएका छन ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६६९ हजार पुगेको छ ।

तेसैगरी गत २४ घण्टामै ६ हजार १३५ जना निको भएका छन् ।

यससगै हालसम्म ३ लाख २ हजार ६५३ कोरोना सङ्क्रमण जितेर निको भएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  १२ : २५ बजे