मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेक्सिकोकी एन्ड्रियाले हात पारिन ‘मिस युनिभर्स २०२१’ को उपाधी



मिस युनिभर्स २०२१ु को उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले हात पार्न सफल भएकी छन् । २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज जित्न सफल भएकी हुन्।

पूर्व मिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबो प्रतियोगिताका विश्लेषकहरू रहेका थिए। आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका हुन्।

एन्ड्रिया मेक्सिकोबाट मिस युनिभर्स बन्ने तेस्रो महिला हुन्। विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९ औं मिस युनिभर्स बनेकी हुन्। उनी पेसाले सफ्टवेयर इन्जिनियर समेत हुन्।

मिस युनिभर्स प्रतियोगितामा मिस म्यानमार थुजार विन्ट ल्विनले भने आफ्नो देशमा चलिरहेको द्वन्द्वबारे बोल्दै स्टेजको ध्यान खिच्न सफल भएकी थिइन्। आफ्नो देश म्यानमारमा भइरहेको सैनिक कूबारे उनले भनेकी थिइन्, ुहाम्रा मानिसहरू मरिरहेका छन् र सेनाले दैनिक गोली हानेर मान्छे मार्दैछ। त्यसैले म सबैलाई म्यानमारबारे बोल्न आग्रह गर्छु।ु

प्रतियोगिताको टप २१ सम्म पर्न सफल उनले सबभन्दा उत्कृष्ट राष्ट्रिय पोशाकको उपाधि जितेकी थिइन्। बिहीबार उक्त पोशाकसँगै उनले ुप्रे(फर म्यानमारु लेखेको पर्चा देखाएकी थिइन्।

सन् २०२० को मिस युनिभर्स प्र
तियोगिता कोरोना भाइरस महामारीका कारण पहिलो पटक रद्द भएको थियो। मिस युनिभर्स प्रतियोगिताको कार्यक्रम अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेका गरेका हुन्। त्यस्तै मिस युनिभर्समा मिस नेपाल अंशिका शर्माले पनि सहभागिता जनाएकी थिइन्। उनी भने टप २१ मा नपर्दै प्रतियोगिताबाट बाहिरिइन्।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ४६ बजे