सोमबारमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि, २१४ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा उक्त संख्यामासंक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ

तेस्तै पछिल्लाे २४ घण्टामा थप २१४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।

यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको छ

यससगै हालसम्म देशमा निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

यस्तै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार  ११ : ४४ बजे