पछिल्लो २४ घण्टामा देशमा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा उक्त संख्यामासंक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ
तेस्तै पछिल्लाे २४ घण्टामा थप २१४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।
यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको छ
यससगै हालसम्म देशमा निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।
यस्तै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।








