स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारिका कारण नेपालामाअ अझै केही हप्ता चुनौतीपूर्ण हुने घोषणा गरेको छ ।मन्त्रालयले सोमबार सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको जनाएको हो।मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको जनाएको छ।
मन्त्रालयले विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा संक्रमण नघटेको मन्त्रालयले जनाएको छ । संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु खुलेआम समुदयमा हिँड्डुल नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
प्रदेश र स्थानीय सरकार, सरकारी निकायहरु र सर्वसाधारणलाई एकजुट भएर लाग्न मन्त्रालयले आह्वान गरेको छ ।











