जसपाका अध्यक्षद्वय महन्थ र उपेन्द्रले निकाले संयुक्त वक्तव्य ,ओली सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार



जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै उक्त दलभित्रको बिबाद अन्त्य भएको सङ्केत गरेका छन ।

अलग अलग बैठक र अलगअलग वक्तव्य निकाल्दै आएका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार राष्ट्रिय राजनीतिलाई समेत तरंगित पार्ने गरी संयुक्त वक्तव्य जारी गरेका हुन्।अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको छ ।

ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गरेर जसपा सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन्।‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क र वितर्क एवम अड्कलबाजी भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जसपा सरकारमा सहभागी नभइ प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत छ,’ विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुने अवस्थामा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।

प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार  १० : ३५ बजे