नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता गुरुराज घिमिरेले राजिनितिमा बढ्दै गएको बिधिविहीनता र अराजकताको अन्त्य गर्नुपर्ने बताउदै त्यसका लागी राष्ट्रीयसभाको आज हुन लागेको निर्बाचनमा एमाले ओलि समुहका उम्मेद्वार रामबहादुर थापा ‘बादल्’ लाई मतदान नगर्न आह्वन गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता घिमिरेले यस्तो आग्रह गरेका हुन ।घिमिरेले समाजमा बिधिविहीनता रअस्थिरता बढ्दै गएको र अवसरवादी एबम मौकापरस्तहरुले मात्रै लाभ उठाउँने अवस्था निर्माण हुनु दुखद भएको उल्लेख गरेका छन ।
उनले लोकतन्त्रको नामै सुन्न नचाहने प्रबृत्ति राजनीतिमा हावी हुँदा देशमा राजनितिक बिकृती उत्कर्षमा पुगेको दाबी गरेका छन ।नेता घिमिरेले सरकार र सत्तारुढ दलका नेताकार्यकर्ता जनताले दुःख पाउदा र जीवनसमेत गुमाउदा पनि सत्ताको चास्नीमा डुबेर बसेको आरोप लगाएका छन ।उनले राजनितिमा बढ्दै गएका गलत प्रबृत्तिलाई निरुत्साहित गर्न राष्ट्रीयसभाको चुनाबमा बादललाइ हराउन आग्रह गर्दै राष्ट्रियसभाको थप हुर्मत लिनबाट जोगाउन आग्रह गरेका छन ।
जब समाजमा बिधिविहीनता रअस्थिरता बढ्छ,तबअवसरवादी र मौकापरस्तहरुले लाभ उठाउँछन्।लोकतन्त्रको नामै सुन्न नचाहने प्रबृत्ति राजनीतिमा हावीभएपछि हुने यही हो।उ त सत्ताको चास्नीमा डुबेर बस्छ।जनताको दुःख र गुमाएको जीवनसँग उसलाई के मतलव?राष्ट्रियसभाको थप हुर्मत नलिअौं,बादल प्रबृत्ति हराअौं।
— Gururaj Ghimire (@ghimire_gururaj) May 20, 2021










