कपिलवस्तुमा माओवादी नेतामाथी गएराती गोली हानिएको छ ।
माओवादी जिल्ला नेता दिपक पाण्डेमाथि नागरपालिका–३ स्थित सडुवामा गोली हानिएको हो।
गोली लागेर नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।
पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
दिपक पाण्डे सहित ३ जना मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै गर्दा उनिहरुमाथी गोली प्रहार भएको थियो ।
गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।








