बर्तमान सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल जाताततै बिबादमा मुछिने गरेका छन ।कोरोना सङ्क्रमणले निम्त्याएको महामारिले देश निकै अफ्ठेरो अवस्थाबाट गुज्रीरहेको बेला पनि उपप्रधानमन्त्री पोखरेल कहिले आफ्नै कारणले ,कहिले छोराको कारणले र कहिले उनको सचिबालयको कारणले पटक पटक बिबादमा आइरहन्छन ।
पछिल्लो पटक उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा संलग्न रहेको म्याक्सिम कम्पनी कम्पनी भेन्टिलेटर तथा स्वास्थ्य उपकरण खरिद बिबादमा मुछिएको छ ।काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा नयाँ भेन्टिलेटर र मनिटर खरिद गर्न रकम उपलब्ध गराउने घोषणा गरेको थियो । करिब ५ करोड रुपैयाँको भेन्टिलेटर र मोनिटर खरिद प्रक्रिया नै मिचेर उक्त कम्पनिलाई दिएको श्रोत बताउछ ।
अस्पतालले बजारमा १७ लाख रुपैयाँमा पाइने भेन्टिलेटर पोखरेल पुत्र स्वराज पोखरेल समलग्न रहेको म्याक्सिम इन्कर्पोरेशन प्रा.ली.सग १९ लाख ८३ हजार २ सय ४० रुपैयाँमा र बजारमा १ लाख २९ हजार रुपैयाँ पर्ने मनिटरलाई २ लाख रुपैयाँमा किन्ने सहमती गरेको श्रोत बताउछ ।महामारीको समयमा खरिद प्रकरणमा विवाद आउनेभएपछी म्याक्सिम कम्पनीसग स्वास्थ्य सामाग्री खरिद गर्ने सम्झौताबाट अस्पताल पछी हटेको बुझिएको छ ।
गता बर्ष पहिलो पटक कोरोना सङ्क्रमण शुरु हुँदा रक्षामन्त्री रहेका पोखरेल स्वास्थ्य सामाग्री खरिद लगायतका बिबादमा आफै मुछिएका थिए ।परिक्षण किट लगायतका स्वास्थ्य स्वास्थ्य सामाग्री खरिदमा ओम्नि भनिने बिबादित कम्पनी छनोटमा उनको नाम प्रमुखताका साथ जोडिएको थियो ।
स्वास्थ्य सामाग्री आयात गर्दा प्राप्त हुने कमिसनको मोलमोलाईमा लाग्दा कोरोना सङ्क्रमण्ले देशलाई गाजीसक्दा पनि परिक्षण किट्,मास्क पिपिए लगायतका सामाग्रीको अभाबले हाहाकार भयो ।सङ्क्रमणले जरो गाडिसकेपछी सरकारले बल्ल तल्ल अरु कम्पनिलाई पन्छाउदै बिबादिद ओम्नि समुहसग सम्झौता गर्यो ।कोरोना सङ्क्रमण फैलिएर स्वास्थ्य सामाग्रीको अभाबले अस्पताल र स्वास्थ्यकर्मिहरु आच्छु आच्छु भएको बेला ओम्निले कम मुल्यका कमसल सामाग्री बढी मुल्यमा भित्र्याएपछी सरकारको चर्को आलोचना भएको थियो ।
संसदको सार्बजनिक लेखा समितिले ओम्नि मार्फत स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचार भएकोले छनबिन गरी कार्बाही गर्न सिफारिष गर्यो तर कुनै कारबाही हुन सकेन ।त्यती मात्रै होईन तत्कालिन रक्षामन्त्री रहेका पोखरेलले स्वास्थ्य सामाग्री खरिदमा स्वास्थ्य मन्त्रालयको भूमिकालाई कमजोर पारेर नेपाली सेना मार्फत स्वास्थ्या सामाग्री खरिद गराउन सफल भए । ।समयमा आपुर्ती गर्न नसकेको र महँगो मुल्यमा स्वास्थ्य सामाग्री गरेको भनेर सार्बजनिक आलोचना भएपछी सेनाले आफुलाई फसाइएको आसयको बिज्ञप्तीनै सार्बजनिक गर्यो ।
केहि दिन अघी मात्रै उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले आफ्नो फेसबुकबाट अनुदान सहयोगमा चीनबाट १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको भन्दै फोटो सार्बजनिक गरे ।पाण्डेकै स्टाटसका सबै सञ्चारमाध्यमले प्रमुख समाचार बनाए ।लगत्तै चिनबाट आउदै गरेको १८ हजार सिलिण्डर नेपाली ब्यबसायिहरुले चिनबाट खरिद गरेर ल्याउन लागेको सार्बजनिक भयो ।सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनका लागि व्यवसायीहरुले १८ हजार सिलिण्डर चीनबाट ल्याउन लागेको जानकारी गराए ।
तातोपानी भन्सार कार्यालयले समेत ती अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ नेपाली ब्यबसायिहरुले ल्याएको स्पस्ट पारेपछी उपप्रधानमन्त्री पोखरेलको सचिबालयको आलोचना चुलिएको थियो ।








