राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको खिल्ली उडाए : रमेश लेखक



कांग्रेस केन्द्रिय सदस्य एबम नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको खिल्ली उडाएको आरोप लगाएका छन ।

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि धारा ७६ को ५ प्रयोग गर्दै बिहिबार साँझ ५ बजेसम्मको समय निर्धारण गरेपछी सामाजिक सञ्जालमार्फत नेता लेखकको यस्तो प्रतिक्रीया आएको हो ।

नेता लेखकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतकालागि नगई वा म विश्वासको मत लिन सक्दैन भनी राजीनामा नगरि धारा ७६ (५) को सरकारकाे प्रक्रिया शुरू हुन नसक्ने दाबी गरेका छन ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई अलाेकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक भन्दै लेखकले संविधानमाथी अपराध गर्नेहरुले ईतिहासमा जवाफ दिनुपर्ने उल्लेख गरेका छन ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  २ : २५ बजे