राष्ट्रपतिलाई पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न तरुण दलको माग



नेपाल तरुण दलले राष्ट्रपतिले संविधानमाथी घात गरेको बताएको छ ।तरुण दल अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताएका हुन । ।

बिज्ञप्तिमा भनिएको छ ‘ देश र जनता कोरोना भाईरसको महामारी संग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानबिय र संविधानको मर्म बिपरितका गतिविधिहरु जालसाजीपुर्ण गतिविधि हुन । कुनै संविधानका प्रक्रियाहरु मुलुक संचालनका विधि र व्यवहार हुन । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेद जनक छ ।’

राष्ट्रपतिको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिएकोले महाअभियोग प्रस्तावबाट राष्ट्रपतिलाई पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न पनि बिज्ञप्तिमा माग गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ३ : ३७ बजे