भिम रावलले मुख खोले : संविधानको धारा ७६(४)ऐच्छिक नभै बाध्यकारी



एमाले नेता भिम रावलले संविधानलाई कुर्सीको खेलसंग जोड्न नमिल्ने बताएका छन ।

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि धारा ७६ को ५ प्रयोग गर्नु संविधानबिपरित भन्दै रावलले संविधानको धारा ७६(४)ऐच्छिक नभै बाध्यकारी भएकोले छल्न नमिल्ने दाबी गरेका हुन ।

सत्ता जोगाउन प्रधानमन्त्री ओलिले जसपा नेताहरु फकाउन ल्याएको नागरिकता सम्बन्धी अध्यादेशप्रती कटाक्ष गर्दै रावलले नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध भएको पनि उल्लेख गरेका छन ।

पछिल्लो समय राष्ट्रपती र प्रधानमन्त्रीले चालेका कदमप्रती एमालेको माधब नेपाल समुहा मौन बस्ने आकलन गरिएका बेला रावलको यस्तो भनाइ आएको हो ।

पछिल्ला विकसित घटनाक्रमबारे एमालेको माधव नेपाल पक्ष पनि आन्तरिक छलफलमा जुटेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ५ : ०० बजे