माधव नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला : माधब नेपाल बने प्रधानमन्त्रीको दाबेदार



राष्ट्रपतिले नयाँ सरकारको दाबी प्रस्तुत गर्न दिएको समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् ।

यसैबिच  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।छलफलका लागि नेता नेपाल पक्षका २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् ।

श्रोतका अनुसार  नेकपा एमालेका नेता माधवकुमार नेपाल समेत प्रधानमन्त्रीको मुख्य दाबेदार बनेका छन् ।

अरुको नाममा सहमती नजुट्दा माधवकुमार नेपाललाई प्रधानमन्त्रीको रुपमा अघीसार्ने बारेमा बिपक्षी गठबन्धनमा समेत छलफल भएको बुझिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निबास बूढानीलकण्ठ आजै भएको बिपक्षी नेताहरुको छलफलमा पनि बहुमत पुर्याउन माधब नेपाललाइ अघी सार्ने बारेमा छलफल भएको श्रोतले जनाएको छ ।

बिपक्षी नेताहरुबिच धेरै बिकल्पहरुमा छलफल भएको र माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा प्रस्ताब गर्ने पनि एउटा बिकल्प हो भन्नेमा नेताहरु सहमतिमा पुगेको बताइएको छ ।

बिपक्षी नेताहरुको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई महाअभियोग लगाउने, नेपाललाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सार्ने लगायतका अन्य विकल्पमाथि छलफल भएको श्रोतले जानकारी दिएको छ ।

त्यसका लागी माधब नेपालले आफ्नो समूहमा ४० भन्दा बढी सांसद संख्या पुर्याउनुपर्ने भएको छ ।

माधब नेपाल समुह ४० भन्दा बढी सांसद संख्या पुर्याउन जोडतोडका साथ लागिरहेको बताइएको छ ।

अहिले माधव नेपाल समूहले सांसद हस्ताक्षर संकलन गरिरहेको जानकारी प्राप्त भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् ।

 

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ८ : १८ बजे