शुक्रबार ८६०७ जनामा संक्रमण पुष्टि , १७७ जनाले ज्यान गुमाए



कोरोना महामारी नियन्त्रण गर्न देशमा लकडाउन जारी राखिएको भएपनी कोरोना सङ्क्रमण घट्न सकेको छैन

यसैबिच पछिल्लो २४ घण्टामा देशमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

२३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

तेस्तै गत २४ घण्टामै १७७ जनाले ज्यान गुमाएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामै ७८९० जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमिण मुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

 

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ११ : ५७ बजे