संसद विघटनको विरोध र संविधान जोगाउनका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने कांग्रेसको निर्णय



नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटन बिरुद्द राजनीतिक र कानुनी लडाईं लड्ने निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको बैठकपछी सहमहामन्त्री डा . प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट संविधान र लोकतन्त्र जोगाउन अरु दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको पनु उनले जानकारी दिए ।

डा . महतले प्रतिनिधिसभा विघटनको विरोध र संविधान र लोकतन्त्र जोगाउनका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए डा . महतले भने ‘काँग्रेसले अरु दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छ’, ‘न्यायिक लडाई पनि लड्छौ , ‘यो कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हो । ’

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ५ : ४३ बजे