पछिल्लो २४ घण्टामा देशमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२० हजार १०५ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यससगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।
तेस्तै गत २४ घण्टामै ८८४८ जना संक्रमणमुक्त भएका छन ।
यससगै हालसम्म निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन्








