शनिबार ८९८० जनामा संक्रमण पुष्टि, १२९ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२० हजार १०५ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यससगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।

तेस्तै गत २४ घण्टामै ८८४८ जना संक्रमणमुक्त भएका छन ।

यससगै हालसम्म निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन्

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ११ : २३ बजे