देउबालाई प्रधानमन्त्री प्रस्ताब गर्ने १४९ जना सांसद सर्बोच्च जाने तयारिमा



प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध बिपक्षी दलहरु शिर्ष नेतासहित रिट लिएर सर्वोच्च जाने तयारीमा जुटेका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू आजै सर्वोच्च जाने तयारीमा छन् ।

बिपक्षी दलहरुको हिजोको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध सर्बोच्च अदालत जाने निर्णय गरेको थियो ।

निर्णय लगत्तै कांग्रेस सभापती शेर बहादुर देउबालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताब गर्ने १४९ जना बिपक्षी सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन गरिएको थियो ।

एक नेताका अनुसार सांसदहरू आज मध्यान्ह १ बजे भेला हुने र आजै सर्वोच्च  जाने तयारी भइरहेको छ ।

थप समाचार

देउबालाई प्रधानमन्त्री प्रस्ताब गर्ने १४९ जना सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आइतबार  २ : ४३ बजे