ओलिले जती चर्तिकला देखाउँछन हामिलाई उतिनै फाइदा : घनश्याम भुसाल



नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलिले जती चर्तिकला देखाउँछन बिपक्षिलाई उतिनै फाइदा हुने बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित र विभाजन देखाएर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन् ।

भुसालले सत्ताले व्यक्तिमा समस्या देख्ने र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपाय अपनाउने उल्लेख गरेका छन । ।

यस्तो छ भुसालको स्टाटस

सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ ।

उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो ।

अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आइतबार  ३ : ३५ बजे