आइतबार ७९१४ जनामा संक्रमण पुष्टि , १९३ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका छन ।

१८ हजार ९६५ नमुना पीसीआर विधिबाट र ९३१ नमुना एन्टिजिन विधिबाट परीक्षण गर्दा उक्त सङ्क्रमित भेटिएका हुन ।

यससगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट १९३ जनाले ज्यान गुमाएका छन ।

तेसैगरी काठमाडौंमा १७८१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना गरी उपत्यकामा जम्मा २८२१ जनामा सङ्क्रमण पुष्टी भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आइतबार  ११ : ०३ बजे