विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट पेस गरेको छ ।। विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित गठबन्धनले रिट पेस गरेको हो ।
रिटमा १४६ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद विघटन बदर गर्न माग गरेका छन् ।
रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा बहुमत पुर्याएर माग दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुर्नस्थापनाको आदेश माग गरिएको छ ।
रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत १४६ प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।








