कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।
सोमवार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री नेत्तृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।








