सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गरेका छन्।
सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको राजनितिक परी स्थितिबारे पूर्वसभामुखहरुसँग छलफल गरेका हुन ।
सापकोटाले पूर्वसभामुखहरुलाई आमन्त्रण गरेर विघटनपछिको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्नेबारे परामर्श गरेका हुन्।
छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी भएका छन्।
दमननाथ ढुंगाना र सुवास नेम्वाङ भने छलफलमा अनुपस्थित रहे ।
सुवास नेम्वाङले आफ्नो पूर्वनिर्धारित अर्को कार्यक्रम भएकाले आउन नसक्ने खबर पठाएका थिए
छलफलमा सहभागी चारैजना पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटनप्रती विघटनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै उक्त कार्य अलोकतन्त्रिक र जनमतको अपमान भएको धारणा राखेका छन्।








