उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा : खाद्यान्न र तरकारी पसल पनि बन्द हुने



काठमाडौं उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले उपत्यकामा एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

आजको बैठकले थपिएको निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल समेत एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सवारी साधन र बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिने उनले ब ताए । ।निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत र भिडभाड कम नभएको भन्दै अब थपिएको एक साताको निषेधाज्ञा भने थप कडाइ गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको जानकारी दिए ।

उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले अबको एकसातासम्मका लागि खाद्यान्न तरकारी पुग्ने गरी किनेर राख्न सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ११ : ४७ बजे