घट्न थाल्यो सङ्क्रमण : बुधबार ६७१४ जनामा सङ्क्रमण पुष्टि , १४५ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा सङ्क्रमितको संख्यामा केहि कमी आएको छ ।

मङ्गलबार ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा बुधबार   ६७१४ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

१९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

तेस्तै गत २४ घण्टाकै अब धिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

तेस्तै बुध बार पछिल्लो २४ घण्टामा काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना गरी काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ११ : ०० बजे