बुधबार सङ्क्रमितको संख्यामा अघिल्ला दिनहरुको भन्दा कमी आएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।
हिजो मंगलबार काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियाे । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो ।










