कोरोना भाइरसको उत्पतिबारे थप अनुसन्धान थाल्न राष्ट्रपति बाइडेनको आदेश



अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति भएको ठानिएको चिनको वुहान ल्याबबारे अध्ययन र अनुसन्धान गरेर ९० दिनभित्र प्रतिबेदन बुझाउन गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।राष्ट्रपति बाइडेनले हिजो बुधबार यस्तो आदेश दिएका हुन ।

यसअघिका अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चिनिया भाइरस भन्दै आएका थिए भने चिनमाथी छनबिन हुनुपर्ने बताउदै आएका थिए ।बर्तमान राष्ट्रपती बाइडेनले कोरोना भाइरसको उत्पतीबारे छनबिन गर्ने कामको शुरुवात गर्लान कि नगर्लान भन्ने अनुमानहरुका बिच बाइडेनले बाइडेनले ९० दिन भित्र अध्ययन गरी प्रतिबेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिएका हुन् ।

चिनको वुहानमा पहिलोपटक पुष्टि भएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर १६ करोड ८० लाख भन्दा बढि संक्रमित भएका छन् भने ३५ लाख भन्दा बढि मानिसले ज्यान गुमाएका छन ।

कयौ संस्था तथा थुप्रै देशहरुले चीनको ल्याबबाट भाइरस चुहावट भएको हुन सक्ने आशंका ब्यक्त गर्दै आएका छन भने विश्वस्वास्थ्य संगठनले वुहानको प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना लगभग नभएको बताएको थियो ।यधपी वुहान ल्याबाबाअट कोरोना भाइरस शुरु भए नभएको बारेमा थप अध्ययनको खाँचो रहेको डब्लुएचओले उल्लेख गरेको थियो ।

यसअघी वुहानमा कोरोना भाइरस फैलिनु भन्दा भन्दा केहि समय अघी मात्रै वुहानको प्रयोगशालाका तीन अनुसन्धानकर्ता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण सहित बिरामी परेर अस्पताल गएको अमेरिकी गुप्तचर संस्थाको प्रतिबेदन सार्वजनिक भएको थियो ।

थप समाचार

वुहान ल्याबको बारेमा थप अध्ययन गर्न डब्लुएचओलाई अमेरिकाको आग्रह

वुहानको ल्याबबाटै कोरोना फैलिएको अमेरिकि गुप्तचर संस्थाको दाबी : ल्याबका कर्मचारी बिरामी परेको खुलासा

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ४ : ४६ बजे