भारी वर्षासहित उच्च बेगको हावाहुरीको सम्भावना,सचेत रहन मौसमबिदको आग्रह



बङ्गालको खाडीमा विकसित भएको ‘यास’ चक्रवातका कारण नेपालमा भारी वर्षा र उच्च वेगको हावाहुरीसँगै गराउन सक्ने भएकोले सतर्क रहन मौसम बिज्ञान बिभाग,मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको महाशाखाले जनाएको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीअति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाले शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित कतै हल्का र कतै मध्यम वर्षा भईरहेको जानकारी दिएको छ ।

विभागले मेघगर्जनचट्याङहावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातवर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउनसक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्न नगराउन पनि सुझाब दिएको छ ।

 

 

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  ३ : २१ बजे