ओखलढुंगामा कोरोना संक्रमितको संख्या पाँच सय ४ पुगेको छ । जिल्लामा आज १ सय २६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या पाँच सय ४ पुगेको हो । पीसीआर परीक्षणबाट १ सय २५ र एन्टिजेन विधिबाट १ जनामा गरिएको परीक्षणबाट संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख समुन तिवारीका अनुसार आज पीसीआर परीक्षणबाट सबैभन्दा बढी लिखु गाउँपालिकामा ७१ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी चम्पादेवी गाउँपालिकामा ३९ जना, चिशखुगढी गाउँपालिकामा १२ जना र सिद्धिचरण नगरपालिकामा ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट सिद्धिचरण नगरपालिकामा १ जना थपिएका छन् । यससँगै जिल्लामा संक्रमण पुष्टि भएको संख्या ५ सय ४ पुगेको तिवारीको भनाइ छ । ओखलढुंगाका ८ स्थानीय तह मध्य बसैभन्दा बढी ९७ जना लिखु गाउपालिकामा रहेका छन् ।
त्यस्तै सिद्धिचरण नगरपालिकामा ९५, मानेभञ्ज्याङ गाउपालिकामा –६९, मोलुङ गाउपालिकामा – ६४, चिशंखुगढी गाउपालिकामा ५८, चम्पादेवी गाउपालिकामा–४१, सुनकोशी गाउपालिकामा–३८ र खिजीदेम्बा गाउपालिकामा ३४ जना रहेका छन् । हाल सम्म ४६ जनाले कोरोना जितेका छन् । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ । आज सम्मको तथ्यांक अनुसार ४ सय ५६ सक्रीय संक्रमित मध्य २४ जना अस्पतालमा उपचाररत रहेका र ४३२ जना होम आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।










