कोरोना संक्रमण भइ गम्भीर अवस्थामा ललितपुरको मेडीसिटी अस्पतालमा उपचारमा रहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाले उपचारका लागी बिएण्डसी अस्पतालका कार्यकारी निर्देशकदुर्गा प्रसाइको सहयोग अस्विकार गरेका छन ।यसअघी आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाइले थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्यहोर्ने घोषणा गरेका थिए ।
गणतन्त्र स्थापनाको लागि योगदान दिएका थापा गम्भीर अवस्थामा उपचार भइरहेको समाचार सार्वजनिक भएको र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसमेतले सहयोगका लागि अपील गरेको भन्दै प्रसाईंले उपचार खर्च आफैले व्यहोर्ने घोषणा गर्दै बिज्ञप्ती जारी गरेका थिए ।
यसैबिच विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उनको सहयोग नलिने जानकारी गराएका छन ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष मिश्रले यस्तो जानकारी गराएका हुन ।
उज्वल थापाको उपचारका लागी लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि उनले स्पस्ट पारेका छन ।थापाको उपचारका लागी हालसम्म २२,२९१ अमेरिकि डलर र २६,५०,००० नेपाली रुपैया जम्मा भैसकेको भन्दै मिश्रले सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन ।
मिश्रले सामाजिक सञ्जालमा भनेका छन ” हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ।”








