जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्य्क्ष अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ ।यादब पक्षले विज्ञप्ती जारी गर्दै पार्टी विधान विपरित काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम जारी गरेको हो ।
केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुनसक्ने उल्लेख गरिएको छ ।








