शनिबार थप ४ हजार ४८७ जनामा सङ्क्रमण पुष्टि, ११६ जनाले ज्यान गुमाए



पछिल्ल दिनहरुमा कोरोना सङ्क्रमण लगातार घट्न थालेको छ भने ज्यान गुमाउनेहरुको संख्यामा पनि उल्लेख्य कमी आउन थालेको छ ।शुरुका केही दिन ७४ प्रतिशतको हाराहारीमा रहेको निको हुने दर बढेर ७८ .६ प्रतिशत पुगेको छ।

यसैबिच पछिल्लो २४ घण्टामा देशमा ४ हजार ४८७ कोरोना संक्रमित थपिएका छन् ।तेस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा ११६ जनाले ज्यान गुमाएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ११ : ४६ बजे