उपचाररत उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल



कोरोना संक्रमणबाट बिरामी परेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।उनको हाल नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनका परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आइतबार जारी विज्ञप्तिमा उपचार भैरहेको भए तापनि अवस्था जटिल हुँदै गएको उल्लेख गरिएको छ ।

एक्मो (इसीएमओ) प्रविधिबाट सोही अस्पतालका विशेषज्ञहरु, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उनको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आइतबार  ८ : ४० बजे