सर्बोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबारको सुनुवाइपछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।
आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेका थिए ।आजको सुनुवाइमा इजलास गठनमा कानुनविद्हरुले प्रश्न उठाएका थिए ।आजको बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो ।








